किङ्स कप भेट्रान्स भलिबलमा एफिएफ च्याम्पियन, सर्वाेत्कृष्ट बने कृष्ण गाहामगर
पाेखरा | जेठ १९, २०८१
पोखरा: युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शनिबार) भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो ।
उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारे ।

सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट स्पाइकरबाट टेक बहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना ट्रफि र नगद राशीबाट पुरस्कृत भए ।
कुल १६ टिमबाट विजेता तथा उपविजेता बनेको टोलीलाई समापन समारोहका प्रमुअ अतिथिसमेत रहेका गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, आयोजक संस्थाका अध्यक्ष धिरज गुरुङ, प्रायोजकले पुरस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवार र आयोजक संस्थाको तर्फबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
युनाइटेड किङ्स क्लबका अध्यक्ष धिरज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अशोक थापाले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

